• MBL - below notice
  • NABIL Bank Ads

Download Print

NIC Asia बैंकको नाफामा दोहोरो अंकको गिरावट, वितरणयोग्य मुनाफा ७ अर्ब ३९ करोडले ऋणात्मक - Q2 Report -

काठमाडाैँ । एनआईसी एसिया बैंक लिमिटेडको नाफा चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्म दोहोरो अंकले घटेको छ। बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार साउनदेखि पुससम्मको छ महिनामा खुद नाफा १३ करोड ११ लाख रुपैयाँमा सीमित भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १३.५४ प्रतिशत कम हो।

नाफासँगै बैंकको वितरणयोग्य मुनाफा अझै कमजोर अवस्थामा देखिएको छ। पुस मसान्तसम्म बैंकको वितरणयोग्य मुनाफा ७ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीले ऋणात्मक रहेको छ। अघिल्लो वर्ष पनि वितरणयोग्य मुनाफा ऋणात्मक नै रहेकाले बैंकको लाभांश वितरण क्षमतामा निरन्तर दबाब कायम रहेको संकेत मिल्छ।

समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा उल्लेख्य रूपमा घटेर १९ करोड ७७ लाख रुपैयाँमा सीमित भएको छ, जुन अघिल्लो वर्षको तुलनामा ४२ प्रतिशतभन्दा बढी कम हो। ब्याज आम्दानी पनि घटेर ४ अर्ब ३६ करोड ३८ लाख रुपैयाँमा झरेको छ, जसले बैंकको मुख्य आम्दानी स्रोत कमजोर बन्दै गएको देखाउँछ।

यसैगरी, बैंकको खराब कर्जा अनुपात (एनपीएल) बढेर १.५७ प्रतिशत पुगेको छ। प्रतिशेयर आम्दानी (ईपीएस) घटेर १.७७ रुपैयाँमा झरेको छ, जसले बैंकको समग्र वित्तीय प्रदर्शनमाथि थप दबाब सिर्जना गरेको देखिन्छ।

NIC Asia बैंकको नाफामा दोहोरो अंकको गिरावट, वितरणयोग्य मुनाफा ७ अर्ब ३९ करोडले ऋणात्मक - Q2 Report -

Published by NIC Asia Bank on 2082-10-15



View More by NIC Asia Bank

  • Laxmi Sunrise Bank Ad