सिटिजन्स बैंक इन्टरनेशनल चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा नोक्सानीबाट नाफामा फर्किएको छ। पहिलो त्रैमासमा २२ करोड रुपैयाँ ऋणात्मक रहेको बैंकको खुद नाफा दोस्रो त्रैमासमा ३५ करोड ८८ लाख रुपैयाँ धनात्मक पुगेको छ। यद्यपि, अघिल्लो वर्षको सोही अवधिमा बैंकले ९२ करोड १९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। ब्याज आम्दानीमा सुधार आए पनि फी–कमिसन तथा अन्य आम्दानी घट्दा समग्र नाफा प्रभावित भएको बैंकले जनाएको छ।
Published by Citizens Bank Int'l on 2082-10-14
View More by Citizens Bank Int'l