काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्नो लेकसाइट पोखरा शाखा कार्यालय सञ्चालनका लागि उपयुक्त घर/भवन भाडामा लिन सूचना जारी गरेको छ। बैंकले व्यवसायिक प्रयोजनका लागि प्रयोग गर्न मिल्ने, आवश्यक पूर्वाधारसहितको भवनका लागि शिलबन्दी बोलपत्र आह्वान गरेको हो।
सूचनाअनुसार पोखरा महानगरपालिका–६ क्षेत्रमा अवस्थित, ८०० देखि १,२०० वर्गफिट क्षेत्रफल भएको भवन आवश्यक रहेको छ। प्रस्तावित भवन सडक पहुँचयुक्त हुनुपर्ने, पार्किङ सुविधा, ATM तथा जेनेरेटर जडानका लागि स्थान उपलब्ध हुनुपर्ने बैंकले जनाएको छ।
बैंकका अनुसार भाडामा दिन प्रस्ताव गरिने घर कम्तीमा १० वर्षसम्म भाडामा दिन सकिने हुनुपर्नेछ। साथै विद्युत, खानेपानी, शौचालय, सुरक्षा व्यवस्था लगायत बैंकिङ सेवा सञ्चालनका लागि आवश्यक संरचना तथा नियामकीय मापदण्ड पूरा गरेको हुनुपर्ने उल्लेख गरिएको छ।
शिलबन्दी बोलपत्रसँगै घरधनीले नागरिकताको प्रतिलिपि, जग्गाधनी प्रमाणपत्र, नक्सा, कर तिरेको प्रमाण लगायत आवश्यक कागजात संलग्न गर्नुपर्नेछ।
बोलपत्र २०८२ साल पौष २८ गते कार्यालय समयभित्र पेश गर्नुपर्ने बैंकले जनाएको छ। यस सम्बन्धमा थप जानकारी आवश्यक परेमा बैंकको सामान्य सेवा विभागसँग सम्पर्क गर्न सकिनेछ।
Published by Mahalaxmi Bikas Bank on 2082-9-14
View More by Mahalaxmi Bikas Bank