काठमाडौँ । उधौली पर्व तथा योमरी पुन्हि–ज्याॅपू दिवसका अवसरमा सार्वजनिक बिदा परे पनि लुम्बिनी विकास बैंक लिमिटेडले आफ्नो सेवा निरन्तरता दिने निर्णय गरेको छ। बैंकले ग्राहक सुविधालाई ध्यानमा राख्दै तोकिएका शाखा कार्यालयहरू सो दिन पनि सञ्चालन हुने जानकारी दिएको छ।
बैंकका अनुसार खुला रहने शाखाहरूमा Cash Payment, ECC तथा RTGS जस्ता महत्वपूर्ण सेवा उपलब्ध हुनेछन्। उत्सवका दिन पनि आवश्यक बैंकिङ सेवा सहज रूपमा पाउन सकिने बैंकले जनाएको छ।
Published by Lumbini Bikas Bank on 2082-8-18
View More by Lumbini Bikas Bank