हिमालयन बैंकले आफ्नो कोर बैंकिङ सफ्टवेयर स्तरोन्नति कार्यका कारण ग्राहक सुविधा सहज बनाउन अन्तर बैंकिङ कारोबार (Fund Transfer) लाई अस्थायी रूपमा नि:शुल्क गरेको जानकारी दिएको छ। स्तरोन्नतिको क्रममा Mobile Banking तथा Online Banking सेवामा हुनसक्ने बाधालाई न्यूनिकरण गर्न बैंकले ConnectIPS मार्फत गरिने सबै अन्तर बैंकिङ कारोबार बिना कुनै शुल्क उपलब्ध गराएको छ। ग्राहकहरूलाई असुविधा नहोस् भन्ने उद्देश्यले गरिएको यो व्यवस्था सम्बन्धी सूचना बैंकले सार्वजनिक गरेको छ।
Published by Himalayan Bank Ltd on 2082-7-28
View More by Himalayan Bank Ltd