• KBL
  • HBL - inner notice page
  • NABIL Bank Ads

Download Print

एनआइसी एशिया बैंकको सञ्चित नोक्सानी ६ अर्ब २४ करोड नाघ्यो, खराब कर्जा बढेर ६.९९ प्रतिशत पुग्यो - Q1

काठमाडौं - एनआईसी एशिया बैंकले चालु आ.व. २०८२/८३ वर्षकाे पहिलाे त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेकाे छ । विवरण अनुसार बैंककाे सञ्चित नोक्सानी पहिलो त्रैमाससम्ममा ६ अर्ब २४ करोड ८२ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको असार मसान्तमा बैंकको सञ्चित नोक्सानी ५ अर्ब २१ करोड १८ लाख रुपैयाँ मात्र रहेकोमा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नै नोक्सानी १ अर्ब रुपैयाँभन्दा बढीले बढेको हो।

यस अवधिमा बैंककाे खराब कर्जामा बढ्ढाेत्तरी हुँदै ६.९९ प्रतिशत पुगेको छ । त्यस्तै ग्राहक कर्जा असोज मसान्तमा घटेर २ खर्ब १२ अर्ब २२ करोड रुपैयाँ पुगेको छ, जुन गत असार मसान्तमा २ खर्ब २४ अर्ब १२ करोड रुपैयाँ थियो। ब्याजदर अन्तर (स्प्रेड दर) ३.९९ प्रतिशत कायम रहे पनि खुद ब्याज आम्दानी घटेर २ अर्ब २८ करोड ६० लाख रुपैयाँमा सीमित भएको छ।

असोज मसान्तसम्ममा बैंकको पुँजीकोष अनुपात १४.०३ प्रतिशत, प्राथमिक पुँजीकोष ९.०३ प्रतिशत, खुद निष्क्रिय कर्जा १.७४ प्रतिशत, प्रतिशेयर आम्दानी (EPS) ३ रुपैयाँ २१ पैसा, प्रतिशेयर नेटवर्थ १९८ रुपैयाँ ७४ पैसा र मूल्य आम्दानी अनुपात (P/E Ratio) ९७.७३ गुणा रहेको छ। बैंकले केही वर्ष यता निरन्तर नाफा घटेको रिपोर्ट सार्वजनिक गर्दै आएको छ, जसमा खासगरी खराब कर्जा वृद्धि प्रमुख कारक भएको देखिन्छ।

एनआइसी एशिया बैंकको सञ्चित नोक्सानी ६ अर्ब २४ करोड नाघ्यो, खराब कर्जा बढेर ६.९९ प्रतिशत पुग्यो - Q1

Published by NIC Asia Bank on 2082-7-21



View More by NIC Asia Bank

पढ्न छुट्यो कि ?

Prabhu Bank CEO Ashok Sherchan Arrested in Major Loan Misuse Case -
  • MBL - below notice
  • Global IME Bank
  • NBL Ad Innerpage
  • Laxmi Sunrise Bank Ad