मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा गत वर्षको सोही अवधिको तुलनामा २४२.६६% वृद्धि भई २ करोड ५२ लाख रुपैयाँ पुगेको छ। खुद ब्याज आम्दानी, फि तथा कमिशन, सञ्चालक आम्दानी र सञ्चालन मुनाफा सबैमा उल्लेख्य वृद्धि भएको छ।
बैंकको वितरणयोग्य मुनाफा १७ करोड ७९ लाख रुपैयाँ र प्रतिशेयर आम्दानी ८ रुपैयाँ २९ पैसा रहेको छ। सो अवधिसम्म बैंकले ७ अर्ब ५९ करोड रुपैयाँ निक्षेप संकलन गरी ५ अर्ब ६६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।
Published by Miteri Dev. Bank on 2082-7-18