• MBL - below notice
  • NABIL Bank Ads

Download Print

कामना सेवा विकास बैंकको पहिलो त्रैमासिक नतिजा: नाफामा १२.९२% को वृद्धि, सन्तुलित वित्तीय प्रगति -

काठमान्डौँ । कामना सेवा विकास बैंकले आव २०८२/८३ को पहिलो त्रैमासको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले ६३ अर्ब ७८ करोड रुपैयाँ निक्षेप र ५३ अर्ब ४५ करोड रुपैयाँ कर्जा प्रवाह गर्दै १९ करोड ७६ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत वर्षको तुलनामा १२.९२% वृद्धि हो।

बैंकको खुद ब्याज आम्दानी ६१ करोड ७६ लाख र फि एन्ड कमिसन आम्दानी ८ करोड ४४ लाख रुपैयाँ पुगेको छ। कर्जा नोक्सानीका लागि ११ करोड ७ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्ज छुट्याइएको छ।

बैंकको कर्जा–निक्षेप अनुपात ८६.३५%, निष्क्रिय कर्जा अनुपात ४.४१% र खुद NPL १.१% रहेको छ। कुल सम्पत्ति ७१ अर्ब ६३ करोड रुपैयाँपुगेको छ।

प्रति शेयर आम्दानी २०.४६ रुपैयाँ, वितरणयोग्य नाफा १३ करोड ५२ लाख रुपैयाँ, र लाभांश क्षमता करिब १४.०१% रहेको छ।

बैंकले हालै डिजिटल सेवा ‘डोरस्टेप बैंकिङ’ सुरु गरेको छ, जसले ग्राहकलाई घरमै बैंकिङ सुविधा प्रदान गर्छ। गत साधारण सभाले आव ८१/८२ का लागि १५.७८९५% लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो।

कामना सेवा विकास बैंकको पहिलो त्रैमासिक नतिजा: नाफामा १२.९२% को वृद्धि, सन्तुलित वित्तीय प्रगति -

Published by Kamana Sewa Bikas Bank on 2082-7-15



View More by Kamana Sewa Bikas Bank

  • Laxmi Sunrise Bank Ad