नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागको जानकारीअनुसार आगामी २०८२ असोज ६ गते सोमबार घटस्थापनाको दिन सार्वजनिक विदा भए तापनि वास्तविक समयमा ठूलो रकमको लेनदेन पूरा गर्ने प्रणाली RTGS (Real Time Gross Settlement) प्रणाली सञ्चालनमा रहनेछ।
सो दिन RTGS सेवा बिहान १०:०० बजेदेखि अपराह्न ४:०० बजेसम्म उपलब्ध हुनेछ। यस प्रणालीमार्फत बैंक तथा वित्तीय संस्थाबीचका उच्च मूल्यका कारोबारहरू तुरुन्तै, सुरक्षित र प्रत्यक्ष रूपमा लेनदेन पूरा हुन्छ।
राष्ट्र बैंकले वित्तीय कारोबारलाई सहज, सुरक्षित र अविराम बनाउन सार्वजनिक विदामा पनि यो प्रणाली निरन्तर सञ्चालनमा राख्ने निर्णय गरेको सूचनामा उल्लेख गरेकाे छ ।
Published by Nepal Rastra Bank on 2082-6-5
View More by Nepal Rastra Bank