• KBL
  • Everest Bank Limited (EBL)

Download Print

सागर डिष्टिलरीको IPO भदौ २५ गतेदेखि सर्वसाधारणका लागि खुलाबारे सूचना

सागर डिष्टिलरी लिमिटेडले भदौ २५ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्दैछ। कम्पनीको जारी पूँजी ७२.६ करोड रुपैयाँमध्ये २०% बराबर १४.५२ लाख कित्ता शेयर आईपीओमार्फत बिक्री हुन लागेको हो।

पहिले १०% शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बाँडफाँट भइसकेको छ। ५% शेयर सामूहिक लगानी कोषका लागि र ३% शेयर कम्पनीका कर्मचारीका लागि सुरक्षित गरिएको छ। अब ११.९ लाख कित्ता शेयर सर्वसाधारणका लागि उपलब्ध हुनेछन्।

आईपीओमा भदौ २९ गतेसम्म आवेदन दिन सकिनेछ। पर्याप्त आवेदन नपरेमा अवधि असोज ८ गतेसम्म लम्बिनेछ। न्यूनतम आवेदन १० कित्ता र अधिकतम १० हजार कित्तासम्म गर्न सकिन्छ।

इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई IRN Single B Plus रेटिङ्ग दिएको छ, जसले कम्पनीको वित्तीय दायित्व पूरा गर्न उच्च जोखिम रहेको जनाउँछ। आईपीओ बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले अनुमतिसहित C-ASBA प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

सागर डिष्टिलरीको IPO भदौ २५ गतेदेखि सर्वसाधारणका लागि खुलाबारे सूचना

Published by Muktinath Capital on 2082-5-17



View More by Muktinath Capital