• KBL

Download Print

१० बैंकको ऋण पोर्टफोलियो समीक्षा गर्न Howladar Yunus & Co. सँग राष्ट्र बैंकको सम्झौता

काठमाडौं - नेपाल राष्ट्र बैंकको सम्पत्ति तथा सेवा व्यवस्थापन विभागले १० वटा वाणिज्य बैंकको "Extensive Asset Quality Review (Loan Portfolio Review-LPR)" गर्ने कामका लागि ठेक्का सम्झौता सम्पन्न गरेको छ।

बंगलादेशको धाकामा रहेको Howladar Yunus & Co., चार्टर्ड अकाउन्टेन्ट्सलाई पाँच महिनाको लागि यो परामर्श सेवा प्रदान गर्न सम्झौता गरिएको हो। सम्पत्ति तथा सेवा व्यवस्थापन विभागका अनुसार, उक्त समीक्षा वाणिज्य बैंकहरूको ऋण गुणस्तर सुधार तथा वित्तीय पारदर्शिता सुनिश्चित गर्न महत्वपूर्ण हुने विश्वास गरिएको छ।

ऋण पोर्टफोलियो समीक्षा गर्न नेपाल राष्ट्र बैंकले समावेश गरेका १० वटा प्रमुख बैंकहरूमा Global IME Bank, Nabil Bank, Nepal Investment Mega Bank, Rastriya Banijya Bank, Kumari Bank, Laxmi Sunrise Bank, Prabhu Bank, Nepal Bank Limited, Himalayan BankNIC Asia Bank पर्दछन्। यी बैंकहरू देशका प्रमुख वाणिज्य बैंकहरू हुन् र नेपालको वित्तीय प्रणालीमा महत्वपूर्ण भूमिका खेल्छन्।

१० बैंकको ऋण पोर्टफोलियो समीक्षा गर्न Howladar Yunus & Co. सँग राष्ट्र बैंकको सम्झौता

Published by Nepal Rastra Bank on 2082-5-16



View More by Nepal Rastra Bank

  • Everest Bank Limited (EBL)