नेपाल राष्ट्र बैंकले आज आइतबार २१ दिनका लागि कुल ५५ अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने निर्णय गरेको छ। यो कदम बैंक तथा वित्तीय संस्थाहरूमा बढी तरलता कायम रहेपछि वित्तीय प्रणालीको स्थिरता र बजार ब्याजदर व्यवस्थापन गर्न चालिएको हो।
निक्षेप संकलन बोलकबोल प्रक्रियामार्फत हुनेछ र ब्याजदर बोलकबोलबाट निर्धारण हुनेछ। राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र यसमा सहभागी हुन सक्नेछन्।
दीर्घकालीन निक्षेप संकलन रकम बाँडफाँट गर्दा सबैभन्दा कम ब्याजदर बोल्ने संस्थालाई प्राथमिकता दिइनेछ भने न्यूनतम बोलकबोल रकम १० करोड रुपैयाँ र अधिकतम ५ अर्ब रुपैयाँसम्म हुनेछ। संकलित निक्षेपको सावाँ तथा ब्याज २०८२ असोज ५ गते भुक्तानी हुनेछ। राष्ट्र बैंकले आवश्यक परे दीर्घकालीन निक्षेप संकलन उपकरणको प्रयोग गर्दै वित्तीय बजारमा तरलता व्यवस्थापन र ब्याजदर स्थिर राख्ने काम नियमित रूपमा गर्दै आएको छ।
Published by Nepal Rastra Bank on 2082-5-15
View More by Nepal Rastra Bank