• MBL - below notice
  • HBL - inner notice page
  • NABIL Bank Ads

Download Print

बुङ्गल हाइड्रोको आईपीओ भदौ १६ गतेदेखि सर्वसाधारणका लागि खुला सम्बन्धि सूचना -

काठमाडाैँ । बुङ्गल हाइड्रो लिमिटेडले भदौ १६ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १७ लाख १ हजार ५०० कित्ता साधारण शेयर (१७ करोड १ लाख ५० हजार रुपैयाँ बराबर) निष्काशन गर्नेछ।

यसअघि आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई छुट्याइएको शेयर वितरण भइसकेको छ। यस आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। निष्काशन छिट्टैमा भदौ १९ गते र ढिलोमा भदौ ३० गते बन्द हुनेछ।

केयर रेटिङ नेपालले कम्पनीलाई "CARE-NP Single B Issuer Rating" प्रदान गरेको छ, जसले औसत जोखिमको संकेत गर्दछ। कम्पनीले १०.७० मेगावाटको माथिल्लो सानिगाड जलविद्युत आयोजना सञ्चालनमा ल्याएको छ।

शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड हो। लगानीकर्ताले सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु वा मेरो शेयरमार्फत आवेदन दिन सक्नेछन्।

बुङ्गल हाइड्रोको आईपीओ भदौ १६ गतेदेखि सर्वसाधारणका लागि खुला सम्बन्धि सूचना -

Published by Himalayan Capital on 2082-5-8



View More by Himalayan Capital

  • Laxmi Sunrise Bank Ad