• KBL
  • NABIL Bank Ads

Download Print

बन्दीपुर केवलकारको शेयर अब सर्वसाधारणका लागि: भदौ ११ देखि आवेदन खुल्दै !

बन्दीपुर केवलकार एन्ड टुरिजम लिमिटेडले भदौ ११ गतेदेखि सर्वसाधारणका लागि आईपीओ (Initial Public Offering) निष्काशन गर्न लागेको छ। कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बाँडफाँट गरिसकेको थियो।

कम्पनीको जारी पूँजी २ अर्ब ८३ करोड रुपैयाँ रहेको छ। यसमा २०.७०६७ प्रतिशत अर्थात् ५८ करोड ६० लाख रुपैयाँ बराबरको ५८ लाख ६० हजार कित्ता शेयर निष्काशन गर्न अनुमति प्राप्त छ।

बाँडफाँटका विवरण यस प्रकार छन्: आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि ५ लाख ६६ हजार कित्ता साधारण शेयर छुट्याइएको छ भने विदेशमा रोजगाररत नेपालीका लागि ५ लाख २९ हजार ४०० कित्ता साधारण शेयर राखिएको छ। कम्पनीका कर्मचारीका लागि १ लाख ५८ हजार ८२० कित्ता शेयर उपलब्ध गराइएको छ भने सामूहिक लगानी कोषका लागि २ लाख ६४ हजार ७०० कित्ता शेयर छुट्याइएको छ। यसरी बाँडफाँट विविध समूह र हितधारकलाई लक्षित गरी व्यवस्थित गरिएको छ।

 

अब दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताका लागि प्रति कित्ता १०० रुपैयाँ अंकित मूल्यमा ४३ लाख ४१ हजार ८० कित्ता शेयर निष्काशन गर्न लागिएको छ। आईपीओमा न्यूनतम आवेदन १० कित्ता र अधिकतम २० हजार कित्ता गर्न सकिनेछ। निष्काशन अवधि भदौ १५ देखि भदौ २५ सम्म रहने अपेक्षा गरिएको छ।

आईपीओको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई केयरएनपी डबल बी (BB) इस्यूअर रेटिङ प्रदान गरेको छ ।

कम्पनीले सञ्चालन गरेको आयोजनाको कुल अनुमानित लागत ३ अर्ब ८५ करोड रुपैयाँ रहेको छ। साधारण लगानी फिर्ता हुने अवधि ८.२२ वर्ष र डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १०.०५ वर्ष रहेको छ।

आईपीओको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड हो। सर्वसाधारणले आवेदन आस्बा प्रणालीमार्फत सहभागी बैंक तथा वित्तीय संस्थाबाट वा मेरो शेयर अनलाइन प्रणाली (CDS & Clearing Ltd.) बाट गर्न सक्नेछन्।

बन्दीपुर केवलकारको शेयर अब सर्वसाधारणका लागि: भदौ ११ देखि आवेदन खुल्दै !

Published by Nepal SBI Merchant on 2082-5-3



View More by Nepal SBI Merchant

  • Global IME Bank
  • Everest Bank Limited (EBL)