• KBL

Download Print

चाँदी आयातमा नयाँ सुविधा सम्बन्धि नेपाल राष्ट्र बैंकको सूचना -

काठमाडौं । नेपाल राष्ट्र बैंकले सुनचाँदी व्यवसायीहरूको सुविधा वृद्धि गर्दै चाँदी आयातका लागि नयाँ सटही सुविधा लागू गरेको छ।

केन्द्रीय बैंकको एकीकृत परिपत्र संशोधनअनुसार औद्योगिक प्रयोजनका लागि चाँदी आयात गर्ने व्यवसायीहरूले प्रतिपटक अमेरिकी डलर ५ लाखसम्म सटही सुविधा लिन सक्नेछन्।

अन्य सुनचाँदी व्यवसायीका लागि प्रतिपटक अमेरिकी डलर १ लाखसम्म सटही सुविधा उपलब्ध हुनेछ। वाणिज्य बैंकले पूर्व सटही अन्तर्गत आयात भएका चाँदी निर्यात भए/नभएको सुनिश्चित गर्नुपर्नेछ भने अन्य बैंकबाट सटही सुविधा लिएर भुक्तानी लिन बक्यौता नरहेको स्वघोषणा लिनुपर्ने व्यवस्था पनि छ। राष्ट्र बैंकका तथ्यांकअनुसार, गत आर्थिक वर्षको १० महीनामा ५ अर्ब रुपैयाँ बराबरको चाँदी आयात भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको ३ अर्ब रुपैयाँभन्दा ६८.८ प्रतिशत बढी हो।

बैंकिङ क्षेत्रसँग रहेको विदेशी मुद्रा सञ्चिति पर्याप्त भएकाले यसले १७.६ महिनाको वस्तु आयात र १४.७ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने राष्ट्र बैंकले जनाएको छ।

चाँदी आयातमा नयाँ सुविधा सम्बन्धि नेपाल राष्ट्र बैंकको सूचना -

Published by Nepal Rastra Bank on 2082-5-2



View More by Nepal Rastra Bank

  • Everest Bank Limited (EBL)