• HBL - inner notice page
  • Everest Bank Limited (EBL)

Download Print

एनआइसी एशिया बैंक नाफामा ७६.९७ % को गिरावट, खराब कर्जा अध्याधिक बढ्दा, लाभांश क्षमता ऋणात्मक - Q4 -

एनआइसी एशिया बैंकले गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।

विवरण अनुसार बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा १६ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको सूचना प्रकाशित गरेको छ। जुग अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७६.९७ प्रतिशत कम हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ७० करोड १४ लाख रुपैयाँ  खुद नाफा कमाएको थियो।

असार मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ५ अर्ब २१ करोड १८ लाख ऋणात्मक रहेको छ। विवरण अनुसार बैंकको नाफा वितरण गर्न सक्ने क्षमता  शून्य रहेको छ।  

समिक्षा अवधिमा बैंकको खराब कर्जा ३.४५ प्रतिशतबाट बढेर ६.२८ प्रतिशत पुगेको छ । जसले वित्तीय दिगोपनामा थप चुनौती प्रस्तुत गरेको छ।

राष्ट्र बैंकको दोहोरो कारबाही खेपेकाे एनआइसी एशिया बैंककाे वित्तीय स्वस्थ्य  दिनानुदिन खस्कँदाे अवस्थामा छ । यस बैंकलाइ गत आर्थिक वर्षको चौथो त्रैमासमा नेपाल राष्ट्र बैंकले कर्जासम्बन्धी गम्भीर लापरवाही गरेकोले सचेत गराएको थियो। राष्ट्र बैंकको निर्देशन अनुसार, ऋणीसँग कर्जा सम्झौता गर्दा कर्जाको प्रकार, ब्याजदर (स्थिर वा परिवर्तनीय), किस्ताको व्यवस्था जस्ता महत्वपूर्ण प्रावधानहरू स्पष्ट उल्लेख गर्नुपर्नेमा बैंकले त्यसमा अनियमितता गरेको पाइएकाे थियाे। त्यस्तै ब्याजदर परिवर्तन हुँदा समेत ऋणीलाई जानकारी नदिएको भेटिएपछि राष्ट्र बैंकले यसलाई नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा १००(१)(क) अनुसार कारबाहीयोग्य ठहर गरेकाे थियाे ।

त्यस्तै, २०८१ माघमा गरिएको राष्ट्र बैंकको स्थलगत निरीक्षणले बैंकको वित्तीय अनुशासनहीनता झन् स्पष्ट पारेको थियो। बैंकले आफ्ना सञ्चालक तथा परिवारजनका खातामा पुरानो मिति देखाएर बढी ब्याज लगाएको, ब्याजदरसम्बन्धी राष्ट्र बैंकको निर्देशन अवज्ञा गरेको, कर्जा वर्गीकरण र पूँजी व्यवस्थापनमा कमजोरी देखिएको, साथै संस्थागत सुशासनको मापदण्ड पनि पालना नगरेको पाइएको थियो। राष्ट्र बैंकले तत्काल सुधार कार्ययोजना लागू गर्न निर्देशन दिएको थियो।

यी र यस्तै कारण एन आई शि एशिया बैंक गत आर्थिक वर्ष २०८१/८२ सम्ममा सन्चालनमा रहेका २० ओटा वाणिज्य बैंक मध्य सबैभन्दा कम नाफा कमाउने बैंक बन्न पुगेको छ ।

 

एनआइसी एशिया बैंक नाफामा ७६.९७ % को गिरावट, खराब कर्जा अध्याधिक बढ्दा, लाभांश क्षमता ऋणात्मक - Q4 -

Published by NIC Asia Bank on 2082-4-30



View More by NIC Asia Bank

  • MBL - below notice
  • NMB Ad - Notice buttom