नेपाल इन्भेष्टमेण्ट मेघा बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।
विवरण अनुसार बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा ६ अर्ब ७५ करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६४.४७ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ४ अर्ब १० करोड ८८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
असार मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ४९ करोड १३ लाख रहेको छ। विवरण अनुसार बैंकको प्रतिशेयर लाभांश वितरण गर्न सक्ने प्रति शेयर लाभांश क्षमता १ रुपौयँ ४४ पैसा रहेको छ। अर्थात बैंकको लाभांश क्षमता १.४४ प्रतिशत रहेको छ ।
समिक्षा अवधिमा बैंकको खराब कर्जा ४.९१ प्रतिशतबाट बढेर ५.८५ प्रतिशत पुगेको छ ।
Published by NIMB on 2082-4-30