• MBL - below notice
  • HBL - inner notice page
  • NABIL Bank Ads

Download Print

प्राइम कमर्सियल बैंकको वितरणयोग्य मुनाफामा १७९.४५ % काे बढाेत्तरी, लाभांश क्षमता १४.३३ % - Q4 Report

प्राइम बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।

विवरण अनुसार बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा ४ अर्ब २ करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १४.७२ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३ अर्ब ५० करोड ७८ लाख रुपैयाँ  खुद नाफा कमाएको थियो।

असार मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ७८ करोड ८ लाख रहेको छ । जुन गत आर्थिक वर्षकाे साेही अविधकाे तुलनामा १७९.४५ प्रतिशतले बढि हाे । गत आर्थिक वर्षमा बैंककाे वितरणयाेग्य मुनाफा ९९ कराेड ५३ लाख थियाे ।

 विवरण अनुसार बैंकको प्रतिशेयर १४ रुपैयाँ ३३ पैसा नाफा वितरण गर्न सक्ने क्षमता रहेको छ । अर्थात बैंकको लाभांश क्षमता १४.३३ प्रतिशत रहेको छ । समीक्षा अवधिमा बैंकको खराब कर्जा ४.६५ प्रतिशतबाट बढेर ५.५६ प्रतिशत पुगेको छ ।

प्राइम कमर्सियल बैंकको वितरणयोग्य मुनाफामा १७९.४५ % काे बढाेत्तरी, लाभांश क्षमता १४.३३ % - Q4 Report

Published by Prime Bank on 2082-4-30



View More by Prime Bank

  • Laxmi Sunrise Bank Ad