• HBL - inner notice page
  • Everest Bank Limited (EBL)

Download Print

स्ट्याण्डर्ड चार्टर्ड बैंकको वितरणयोग्य नाफामा २० % को गिरावट, लाभांश क्षमता १९.८५% - Q4 Report -

स्ट्यान्डर्ड चार्टड बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।

विवरण अनुसार बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा ३ अर्ब २ करोड ९३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३ अर्ब २७ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

असार मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा  १ अर्ब ९९ करोड ३३ लाख रुपैयाँ  रहेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २० प्रतिशतले कम हो । गत वर्ष बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ४६ करोड १५ लाख थियो ।

विवरण अनुसार बैंकको प्रतिशेयर १९ रुपैयाँ ८५ पैसा नाफा वितरण गर्न सक्ने क्षमता रहेको छ । अर्थात बैंकको लाभांश क्षमता १९.८५ प्रतिशत रहेको छ । 

स्ट्याण्डर्ड चार्टर्ड बैंकको वितरणयोग्य नाफामा २० % को गिरावट, लाभांश क्षमता १९.८५% - Q4 Report -

Published by Standard Chartered Bank on 2082-4-30



View More by Standard Chartered Bank

  • MBL - below notice
  • NMB Ad - Notice buttom