• MBL - below notice
  • HBL - inner notice page
  • NABIL Bank Ads

Download Print

लक्ष्मी सनराइज बैंकको नाफा ४०.९७ प्रतिशतको वृद्धि, खराब कर्जा घट्याे, लाभांश क्षमतामा बढाेत्तरी - Q4

लक्ष्मी सनराइज बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।

विवरण अनुसार बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा ४ अर्ब ११ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको सूचना प्रकाशित गरेको छ।  यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४०.९७ प्रतिशत बढी हो।  अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ९२ करोड ३ लाख खुद नाफा कमाएको थियो।

असार मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफामा १४२.१ प्रतिशतको बढोत्तरी सँगै ३ अर्ब ५३ लाख पुगेको छ। अघिल्लो आ.व.को सोही अवधिमा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब २४ करोड १६ थियो ।

विवरण अनुसार बैंकको प्रतिशेयर १२ रुपैयाँ ३६ पैसा नाफा वितरण गर्न सक्ने क्षमता रहेको छ। अर्थात बैंकको लाभांश क्षमता १२.३६ प्रतिशत रहेको छ। समिक्षा अवधिमा बैंकको खराब कर्जा ४.६३ प्रतिशतबाट घटेर ४.२५ प्रतिशतमा पुगेको छ ।

लक्ष्मी सनराइज बैंकको नाफा ४०.९७ प्रतिशतको वृद्धि, खराब कर्जा घट्याे, लाभांश क्षमतामा बढाेत्तरी - Q4

Published by Laxmi Sunrise Bank on 2082-4-29



View More by Laxmi Sunrise Bank

  • Laxmi Sunrise Bank Ad