• MBL - below notice
  • HBL - inner notice page
  • NABIL Bank Ads

Download Print

नेपाल एसबिआई बैंकको नाफामा गिरावट, खराब कर्जामा बढाेत्तरी – Q4 Report -

नेपाल एसबिआई बैंकको खुद नाफा १ अर्ब ८० करोड २५ लाख, प्रतिशेयर लाभांश क्षमता ११.२९ प्रतिशतले गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले १ अर्ब ८० करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। याे गत आ.व.काे साेही अवधिकाे तुलनामा ९.८६ प्रतिशतले कम हाे । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ९९ करोड ९७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। 

सूचना अनुसार बैंकको वितरणयोग्य मुनाफा १ अर्ब २३ करोड ३ लाख रुपैयाँ रहेको छ। यस अनुसार बैंकको प्रतिशेयर ११ रुपैयाँ २९ पैसा नाफा वितरण गर्न सक्ने क्षमता रहेको छ। अर्थात बैंकको लाभांश क्षमता ११.२९ प्रतिशत रहेको छ। समिक्षा अवधिमा बैंकको खराब कर्जा बढेर ३.३५ प्रतिशत पुगेको छ ।

नेपाल एसबिआई बैंकको नाफामा गिरावट, खराब कर्जामा बढाेत्तरी – Q4 Report -

Published by Nepal SBI Bank on 2082-4-29



View More by Nepal SBI Bank

  • Laxmi Sunrise Bank Ad