ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा ६ अर्ब २० करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ६ अर्ब १३ करोड ३७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
असार मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ९६१.५ प्रतिशतले बढेर ५ अर्ब ३७ करोड ९३ लाख पुगेको छ। अघिल्लो आर्थिक् वर्षको सोही अवधिसम्म बैंकको वितरण योग्य मुनाफा ५० करोड ६७ लाख थियो । विवरण अनुसार बैंकको प्रतिशेयर १४ रुपैयाँ ११ पैसा नाफा वितरण गर्न सक्ने क्षमता रहेको छ। अर्थात बैंकको लाभांश क्षमता १४.११ प्रतिशत रहेको छ। बैंकको खराब कर्जा ४.१७ प्रतिशतबाट बढेर ४.८७ प्रतिशतमा पुगेको छ ।
Published by Global IME Bank on 2082-4-28