• HBL - inner notice page
  • Everest Bank Limited (EBL)

Download Print

सिटिजन्स बैंकको नाफा घट्यो, खराब कर्जामा वृद्धि, लाभांश क्षमता ५.२५ प्रतिशत मात्र - Q4 Report -

सिटिजन्स बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा एक अर्ब २९ करोड ३३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको सूचनामा उल्लेख गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २.०८ प्रतिशतले कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले एक अर्ब ३२ करोड ७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। 

नाफा घट्दा बैंकको प्रतिसेयर आम्दानी ९ रूपैयाँ ३० पैसाबाट घटेर ८ रूपैयाँ ७६ पैसामा झरेको छ । समिक्षा अवधिमा खराब कर्जा ४.१० बाट बढेर ४.९४ प्रतिशत पुगेको बैंकको वितरण योग्य मुनाफा भने ६१ करोड ३२ लाखबाट वृद्धि हुँदै ७७ करोड ५४ लाख पुगेको छ । 

बैंकको प्रतिसेयर नेटवर्थ १५५ रूपैयाँ ४२ पैसा पुगेको छ। त्यस्तै मूल्य आम्दानी अनुपात २६.०२ छ । बैंकको प्राथमिक पुँजीकोष अनुपात ९.२१ प्रतिशतबाट घटेर ८.९४ प्रतिशतमा झरेको छ। कुल पुँजीकोष अनुपात १२.४५ प्रतिशत छ। 

बैंकको प्रतिशेयर ५ रुपैयाँ २५ पैसा नाफा वितरण गर्न सक्ने क्षमता रहेको छ। अर्थात बैंकको लाभांश क्षमता ५.२५ प्रतिशत रहेको छ। हाल बैंकको आधार दर ६.२५ प्रतिशत छ ।

सिटिजन्स बैंकको  नाफा घट्यो, खराब कर्जामा वृद्धि, लाभांश क्षमता ५.२५ प्रतिशत मात्र  - Q4 Report -

Published by Citizens Bank Int'l on 2082-4-24



View More by Citizens Bank Int'l

  • MBL - below notice
  • NMB Ad - Notice buttom