• MBL - below notice
  • NABIL Bank Ads

Download Print

कामना सेवाको बैंकको चौथो वित्तीय विवरण सार्वजनिक, बैंकको नाफामा ९.१९% वृद्धिको रहस्य के ?

कामना सेवा विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमास (असार मसान्तसम्म) सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। यस विवरण सार्वजनिक गर्ने यो आर्थिक वर्षको पहिलो बैंक बनेको छ। प्रकाशित विवरण अनुसार, बैंकले समीक्षा अवधिमा ६३ करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ९.१९ प्रतिशतले बढी हो। अघिल्लो वर्षको सोही अवधिमा बैंकको नाफा ५८ करोड १८ लाख रुपैयाँ रहेको थियो।

खुद नाफाको वृद्धिसँगै बैंकको अन्य वित्तीय सूचकहरू पनि सकारात्मक देखिएका छन्। बैंकको खुद ब्याज आम्दानी ५.२५ प्रतिशत, फी तथा कमिशन आम्दानी १५.०४ प्रतिशतले बढेको छ भने सञ्चालन मुनाफा १.९७ प्रतिशतले वृद्धि भएको छ। त्यस्तै, सञ्चालन खर्च पनि ४.१९ प्रतिशतले बढेको देखिएको छ।

समीक्षा अवधिमा बैंकको प्रति शेयर आम्दानी (EPS) ३७ पैसाले बढेर १८ रुपैयाँ १० पैसा पुगेको छ भने प्रति शेयर वितरणयोग्य आम्दानी १७ रुपैयाँ ३० पैसा रहेको छ। प्रतिशेयर नेटवर्थ १६८ रुपैयाँ १३ पैसा रहेको बैंकको मूल्य आम्दानी अनुपात (P/E Ratio) २७.६९ गुणा पुगेको छ, जुन लगानीकर्ताहरूका लागि मूल्यांकन गर्न महत्वपूर्ण सूचक हो।

चुक्ता पूँजी ३ अर्ब ५१ करोड ८ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा २ अर्ब ३९ करोड १८ लाख रुपैयाँ संचित छ। यस अवधिमा बैंकले ६२ अर्ब ८३ करोड ४३ लाख रुपैयाँ निक्षेप संकलन गरी ४९ अर्ब ९६ करोड ७२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। सार्वजनिक गरिएको यो विवरणले बैंकको वित्तीय पारदर्शिता र स्थायित्वलाई प्रतिबिम्बित गर्दछ।

कामना सेवाको बैंकको चौथो वित्तीय विवरण सार्वजनिक, बैंकको नाफामा ९.१९%  वृद्धिको रहस्य के ?

Published by Kamana Sewa Bikas Bank on 2082-4-2



View More by Kamana Sewa Bikas Bank

  • Laxmi Sunrise Bank Ad