• KBL

Download Print

बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलद्वारा अन्तिम प्रतिवेदन पेश सम्बन्धि सूचना -

नेपाल राष्ट्र बैंकबाट गठन गरिएको बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलले मिति २०८२/०३/३० गते गभर्नर प्रा. डा. विश्वनाथ पौडेलज्यूसमक्ष आफ्नो अन्तिम प्रतिवेदन पेश गरेको छ।

उक्त कार्यदलले बैंकिङ क्षेत्रको समग्र सुधार र सुदृढीकरणका लागि सुझाव तयार गर्ने उद्देश्यका साथ कार्य प्रारम्भ गरेको थियो। कार्यदलको संयोजक डा. रेवतबहादुर कार्की रहनु भएको छ भने सदस्यमा नेपाल बैंकर्स संघका पूर्व अध्यक्ष श्री भुवनकुमार दहाल र सदस्य सचिवमा नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक श्री गुरु प्रसाद पौडेल रहनुभएको छ।

यसअघि कार्यदलले मिति २०८२/०३/२४ गते प्रारम्भिक प्रतिवेदन पनि पेश गरिसकेको थियो।

बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलद्वारा अन्तिम प्रतिवेदन पेश सम्बन्धि सूचना -

Published by Nepal Rastra Bank on 2082-3-30



View More by Nepal Rastra Bank

  • Everest Bank Limited (EBL)