• HBL - inner notice page
  • NABIL Bank Ads

Download Print

भ्रामक समाचार भन्दै नेपाल बैंकको गम्भीर ध्यानाकर्षण सम्बन्धि सूचना

केही नेपाली सञ्चारमाध्यमहरूले नेपाल बैंक लिमिटेडबाट आ.व. २०७४/७५ मा रू. २० अर्ब ४० करोड १५ लाख गुम भएको भन्ने आशयको भ्रामक, तथ्यहीन र झुटो समाचार प्रकाशित गरेकोप्रति नेपाल बैंक लिमिटेडको गम्भीर ध्यानाकर्षण भएको छ।

बैंकले नेपाल राष्ट्र बैंकको निर्देशन तथा प्रचलित कानुनअनुसार आफ्नो सम्पूर्ण वित्तीय कारोबार पारदर्शी रूपमा सञ्चालन गर्दै आएको छ। नियामक निकायहरूलाई बैंकको अनुपालन सम्बन्धी सम्पूर्ण जानकारी प्रदान गरिँदै आएको छ। साथै, बैंकका वित्तीय विवरणहरू आन्तरिक तथा बाह्य लेखापरीक्षण भई त्रैमासिक तथा वार्षिक रूपमा सार्वजनिक गरिँदै आएका छन्।

यस सन्दर्भमा, आम सर्वसाधारण, ग्राहकवर्ग, सञ्चारमाध्यमहरू तथा सरोकारवाला सबैलाई यस्ता भ्रामक समाचारमा विश्वास नगर्न हार्दिक अनुरोध गर्दछौं।

नेपाल बैंक लिमिटेड वित्तीय रूपमा सुदृढ संस्था हो, र नियामक निकायहरूको नीति तथा निर्देशनहरूको पूर्ण पालना गर्दै आएको छ भन्ने कुरा हामी नेपाल सरकार, नियामक निकाय, ग्राहकवर्ग तथा अन्य सरोकारवालाहरूलाई विश्वस्त पार्न चाहन्छौं।

भ्रामक समाचार भन्दै नेपाल बैंकको गम्भीर ध्यानाकर्षण सम्बन्धि  सूचना

Published by Nepal Bank Limited on 2082-2-29



View More by Nepal Bank Limited

  • MBL - below notice
  • Global IME Bank
  • NBL Ad Innerpage
  • Everest Bank Limited (EBL)
  • Laxmi Sunrise Bank Ad