कृषि विकास बैंक लिमिटेडले आफ्नो ग्राहकहरूलाई ग्राहक पहिचान विवरण (KYC) अद्यावधिक गर्न आग्रह गरेको छ। बैंकले एक सार्वजनिक सूचनामार्फत हालसम्म KYC विवरण अद्यावधिक नगरिएका खाताहरूमा कारोबारमा अवरोध आउन सक्ने जानकारी दिएको छ।
बैंकले उल्लेख गरेअनुसार, समयमै KYC विवरण अद्यावधिक नगरिएमा सम्बन्धित खाता निष्क्रिय हुन सक्नेछ र त्यस्ता खाताबाट हुने आर्थिक कारोबार रोकिने सम्भावना रहन्छ। यसले बैंकका नियमित सेवाबाट बञ्चित गराउने जोखिम समेत हुनसक्ने बैंकको भनाइ छ।
सार्वजनिक सूचनामा भनिएको छ, “ग्राहक महानुभावहरूले आफूलाई नजिकको शाखामा सम्पर्क गरी आवश्यक कागजातसहित ग्राहक पहिचान विवरण अद्यावधिक गर्नु हुन अनुरोध गर्दछौं।”
KYC अद्यावधिकका लागि नागरिकता प्रमाणपत्रको प्रतिलिपि, हालसालै खिचिएको फोटो र आय स्रोतसम्बन्धी विवरण आवश्यक पर्ने बैंकले जनाएको छ।
बैंकले यस प्रक्रिया ग्राहकको सुरक्षा, बैंकिङ्ग सेवा निरन्तरता र नियामक निकायको निर्देशिकाको पालना गर्न आवश्यक भएको स्पष्ट पारेको छ।
ग्राहकहरूलाई यस सम्बन्धमा थप जानकारीका लागि नजिकको शाखा कार्यालय वा बैंकको वेबसाइट (http://www.adbl.gov.np) मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।
Published by ADBL on 2082-2-25