• MBL - below notice
  • HBL - inner notice page
  • NABIL Bank Ads

Download Print

नेपाल राष्ट्र बैंककाे नयाँ प्रवक्तामा किरण पण्डित नियुक्त

काठमाडौँ । नेपाल राष्ट्र बैंकले श्री किरण पण्डितलाई प्रवक्ताको जिम्मेवारी दिएको छ। कार्यकारी निर्देशक अधिकृत विशेष श्रेणीका रुपमा कार्यरत पण्डितको नियुक्ति २०८२ सालको जेठ २१ गतेदेखि लागू भएको हो।

बैंकमा वि.सं. २०५२ सालदेखि सेवा दिँदै आएका पण्डितले बैंक सुपरिवेक्षण विभाग, बैंक तथा वित्तीय संस्था नियमन विभाग, वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा लगायतका विविध महत्त्वपूर्ण विभागमा कार्यानुभव प्राप्त गरेका छन्। हाल उनी भुक्तानी प्रणाली विभागमा कार्यरत छन्।

प्रवक्ताको हैसियतमा उनले बैंकसँग सम्बन्धित जानकारी सञ्चारमाध्यममा प्रवाह गर्ने जिम्मेवारी वहन गर्नेछन्।

नेपाल राष्ट्र बैंककाे नयाँ प्रवक्तामा किरण पण्डित नियुक्त

Published by Nepal Rastra Bank on 2082-2-21



View More by Nepal Rastra Bank

  • Laxmi Sunrise Bank Ad