• MBL - below notice
  • NABIL Bank Ads

Download Print

नबिल बैंकले कमायो ५ अर्ब नाफा, ब्याज आम्दानी घट्दा पनि नाफा कसरी बढ्यो?

काठमाडौं - नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म) मा ५ अर्ब ५ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ८.२१ प्रतिशतले वृद्धि भएको हो। तर, यस्तो नाफा वृद्धि भएको भए पनि बैंकको खुद ब्याज आम्दानी भने ३.९६ प्रतिशतले घटेर १२ अर्ब ५ करोड ४४ लाख रुपैयाँमा झरेको छ।

ब्याज घट्दा पनि नाफा बढ्नुको रहस्य के हो?

ब्याज आम्दानी घट्दा पनि बैंकको नाफा बढ्न सक्नुको मुख्य कारण इम्पेयरमेन्ट चार्जमा आएको गिरावट हाे । अर्थात्, जोखिमयुक्त कर्जाबाट हुने सम्भावित घाटाको लागि राखिने सुरक्षित रकम घटेपछि खर्च कम भयो र नाफा बढ्न सहयोग पुग्यो।

नबिलको वितरणयोग्य नाफा ८५.७८ प्रतिशतले बढेर २ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ। यो नाफा भविष्यमा लगानीकर्तालाई लाभांश वितरण गर्न उपयोगी हुन सक्छ।

यता, बैंकको खराब कर्जा अनुपातमा भने केही वृद्धि देखिएको छ। यसले जोखिम व्यवस्थापनमा थप सतर्कता आवश्यक भएको संकेत गर्छ।

नबिल बैंकको पूँजी संरचना बलियो देखिन्छ। बैंकको चुक्ता पुँजी २७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ रहेको छ, जुन बैंकको आफ्नै लगानी क्षमता तथा जोखिम अवशोषण क्षमतालाई दर्शाउँछ। त्यस्तै, बैंकको जगेडा कोष ३१ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ, जुन संकट वा आकस्मिक अवस्थाहरूमा सुरक्षा कवचका रूपमा प्रयोग गर्न सकिन्छ। यी दुवै आधारभूत आर्थिक संरचनाले नबिल बैंकलाई दीर्घकालीन स्थायित्व र वित्तीय मजबुतीतर्फ उन्मुख गराउने स्पष्ट संकेत दिन्छन्।

खुद नाफा बढे पनि बैंकको EPS (प्रति सेयर आम्दानी) १.८१ रुपैयाँले घटेर २५.०५ रुपैयाँमा झरेको छ। यसले नाफाको वितरण र सेयरधनीको प्रतिफलमा केही असर पर्न सक्ने देखिन्छ।

नबिल बैंकले कमायो ५ अर्ब नाफा, ब्याज आम्दानी घट्दा पनि नाफा कसरी बढ्यो?

Published by Nabil Bank # on 2082-1-7



View More by Nabil Bank

  • Laxmi Sunrise Bank Ad