चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म नबिल बैंकको खुद नाफा १.२९% ले वृद्धि भएर ३ अर्ब २४ करोड ४२ लाख रुपैयाँ पुगेको छ, जबकि अघिल्लो वर्ष यस अवधिमा ३ अर्ब २० करोड रुपैयाँ नाफा थियो।
तर, खुद ब्याज आम्दानी भने ४.२१% ले घटेर ७ अर्ब ८९ करोड ५९ लाख रुपैयाँमा सीमित भएको छ। ब्याज आम्दानी घटे पनि इम्पेयरमेन्ट चार्जमा कमी (गत वर्षको १ अर्ब ९७ करोडबाट घटेर यो वर्ष १ अर्ब ३५ करोड) हुँदा नाफामा सुधार भएको हो।
दोस्रो त्रैमाससम्म प्रतिसेयर आम्दानी (EPS) २४ रुपैयाँ ०५ पैसा र प्रतिसेयर नेटवर्थ २१९ रुपैयाँ ०१ पैसा पुगेको छ। चुक्ता पुँजी २७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ छ।
Published by Nabil Bank on 2081-10-7