• MBL - below notice
  • NABIL Bank Ads

Download Print

कामना सेवा विकास बैंकको खुद नाफा ३२ करोड २४ लाख ९३ हजार रुपैयाँ - Q2 Report -

कामना सेवा विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ३२ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाउँदै गत वर्षको सोही अवधिको तुलनामा २४.५५ प्रतिशतले वृद्धि गरेको  सूचना सार्वजनिक गरेकाे छ ।

बैंककाे खुद ब्याज आम्दानी ९५.८८ करोडबाट बढेर १ अर्ब ८ करोड पुगेको छ भने इम्पेयरमेन्ट चार्ज २१.१९ करोडबाट घटेर १९.६४ करोड भएको छ। वितरणयोग्य नाफा १७ करोडबाट ३७ करोड नाघेको छ, जसले २१ प्रतिशत लाभांश वितरण गर्न सक्ने संकेत गर्दछ।

चुक्ता पुँजी ३ अर्ब ५१ करोड ८ लाख रुपैयाँ रहेको यस बैंकको जगेडा कोषमा १ अर्ब ६४ करोड रुपैयाँ जम्मा रहेको छ । प्रतिसेयर आम्दानी १८.३७ रुपैयाँ रहेको यस कम्पनीको प्रतिसेयर नेटवर्थ १५७.४६ रुपैयाँ रहेको छ । एनपीएल (नेट) १.७२ प्रतिशत पुगेको छ । 

कामना सेवा विकास बैंकको खुद नाफा ३२ करोड २४ लाख ९३ हजार रुपैयाँ - Q2 Report -

Published by Kamana Sewa Bikas Bank on 2081-10-7



View More by Kamana Sewa Bikas Bank

  • Laxmi Sunrise Bank Ad