• KBL

Download Print

NIC Asia बैंकको दोस्रो त्रैमासमा पनि नाफामा ठूलो गिरावट, वितरणयोग्य नाफा ऋणात्मक - Q2 Report -

काठमाडौं - एनआईसी एसिया बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक प्रतिवेदन सार्वजनिक गर्दा नाफामा भारी गिरावट भएको देखिएको छ। बैंकको दोस्रो त्रैमासमा नाफा ९२.०३ प्रतिशतले घटेको छ भने पहिलो त्रैमासमा पनि नाफामा ८९.०६ प्रतिशतको गिरावट देखिएको थियो।

गत वर्षको यसै अवधिमा १ अर्ब ९० करोड रुपैयाँ नाफा कमाएको बैंकले यो आर्थिक वर्षको दोस्रो त्रैमाससम्म नाफा खुम्च्याउँदै मात्र १५ करोड १७ लाख रुपैयाँमा सीमित गरेको छ। बैंकको वितरणयोग्य नाफा ऋणात्मक रहनुको साथै प्रतिसेयर आम्दानी २३ रुपैयाँ ५५ पैसाबाट घटेर २ रुपैयाँ ०४ पैसामा झरेको छ। यद्यपि, बैंकको प्रतिसेयर नेटवर्थ १९८ रुपैयाँ ९२ पैसा कायम रहेको छ।

बैंकको खुद ब्याज आम्दानी ६.४० प्रतिशतले घट्दै ५ अर्ब १८ करोड रुपैयाँमा सीमित भएको छ, जुन गत वर्ष ५ अर्ब ५४ करोड थियो। यस्तै, बैंकको इम्पेयरमेन्ट चार्ज ४८ करोडबाट बढेर २ अर्ब ५३ करोड पुगेको छ, जसले नाफामा ठूलो असर पुर्‍याएको छ।

बैंकको सञ्चालन नाफा पनि ९०.४० प्रतिशतले घटेको छ। चुक्ता पुँजी १४ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ रहेको यस बैंकको जगेडा कोषमा १७ अर्ब ४१ करोड रुपैयाँ रहेको छ।

बैंकले निरन्तर नाफा घटेको रिपोर्ट सार्वजनिक गर्दै आएकाे छ । विशेषगरी खराब कर्जाको वृद्धि प्रमुख चुनौती रहेको देखिन्छ। बैंकमा समस्या बढ्दाे मात्रामा रहेकाले  भविश्यमा यसको वित्तीय स्वास्थ्य थप कमजोर बन्न सक्ने संकेत छ।

केही समय अघि ७० अर्बसम्म निक्षेप पलायन भएको बैंकमाथि सर्बसाधारणले बैंकमा राखिएको बचतको सुरक्षाप्रति शंकाले हेर्न थालेका छन् । त्यसैले अहिले बैंकलाई निक्षेप जोगाउनै हम्मे हम्मे परेको बताइन्छ ।

बैंकको वित्तीय विवरणमा समस्या देखिएपछि समयमा साधारणसभा गर्न पनि असफल यस बैंकले पुस मसान्तसम्म गर्नैपर्ने साधारणसभा अहिलेसम्म गर्न सकेको छैन् । ‘निर्देशित कर्जा’मा सबैभन्दा कमजोर बैंकको अवस्था दिन प्रतिदिन खराब हुँदै गएसँगै यस वर्ष बैंकले शेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने सूचनासमेत जारी गरी सकको छ ।

NIC Asia बैंकको दोस्रो त्रैमासमा पनि नाफामा ठूलो गिरावट, वितरणयोग्य नाफा ऋणात्मक - Q2 Report -

Published by NIC Asia Bank on 2081-10-7



View More by NIC Asia Bank

  • Everest Bank Limited (EBL)