नबिल बैंकले आर्थिक वर्ष २०८०–८१ को नाफाबाट सेयरधनीहरूका लागि १०% नगद लाभांश घोषणा गरेको छ। मंगलबार बसेको सञ्चालक समिति बैठकले उक्त लाभांश करसहित वितरण गर्ने निर्णय गरेको हो। प्रस्तावित नगद लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र वार्षिक साधारण सभाको अनुमोदनपछि वितरण गरिने छ। अघिल्लो आर्थिक वर्ष २०७९–८० मा बैंकले ११% नगद लाभांश दिएको थियो।
Published by Nabil Bank on 2081-7-14