नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासामा २ अर्ब ५ करोड ६५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत वर्षको १ अर्ब ४६ करोड ९३ लाख रुपैयाँको तुलनामा ३९.९७ प्रतिशत बढी हो।
खुद ब्याज आम्दानी ०.८१ प्रतिशतले घटेको भए पनि इम्पेरमेन्ट चार्ज रिभर्स हुनेका कारण नाफामा वृद्धि भएको हो। बैंकको सञ्चालन आम्दानी ३६.०९ प्रतिशतले वृद्धि भएर २ अर्ब ८९ करोड ३४ लाख रुपैयाँ पुगेको छ।
असोज मसान्तसम्म, बैंकको वितरणयोग्य मुनाफा ४ अर्ब ९८ करोड १२ लाख रुपैयाँ, चुक्ता पूँजी २७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ, र प्रतिशेयर आम्दानी २९ रुपैयाँ ८३ पैसा रहेको छ।
Published by Nabil Bank on 2081-7-7