माछापुच्छ्रे बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ, जसअनुसार बैंकले १ अर्बभन्दा बढी वितरणयोग्य मुनाफा आर्जन गरेको छ। असोज मसान्तसम्म, बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ६ करोड रुपैयाँ रहेको छ, र वितरणयोग्य प्रतिशेयर आम्दानी १२ रुपैयाँ २७ पैसा छ।
चालु आर्थिक वर्षको पहिलो ३ महिनामा बैंकले ५० करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत वर्षको सोही अवधिको ५४ करोड २२ लाख रुपैयाँको तुलनामा ७.१९% कम हो। खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेपनि गैर सञ्चालन खर्च वृद्धि भएर खुद नाफामा कमी आएको छ। समीक्षामा, खुद ब्याज आम्दानी ४.९९% र खुद फि तथा कमिशन आम्दानी २२.५१% ले वृद्धि भएको छ। कुल सञ्चालन आम्दानी ७.१४% र सञ्चालन मुनाफा २७.६२%ले बढेको छ, तर गैर सञ्चालन खर्च १ करोडबाट बढेर २८ करोड पुगेकोले नाफामा कमी आएको हो।
Published by Machhapuchhre Bank on 2081-7-7
View More by Machhapuchhre Bank