• KBL

Download Print

नेपाल राष्ट्र बैंकद्वारा अनलाइन दरखास्तका अपुग कागजात पेश गर्न सूचना जारी

नेपाल राष्ट्र बैंक केन्द्रीय कार्यालय मानव संसाधन व्यवस्थापन विभागले अनलाइन दरखास्त फारामको अपुग कागजात पेश गर्ने र विवरण सच्चाउने सम्बन्धी सूचना जारी गरेको छ।

बैंकले विज्ञापन नं. १२/२०८१ (सहायक निर्देशक - प्रशासन), विज्ञापन नं. १३/२०८१ (सहायक - प्रशासन), र विज्ञापन नं. १४/२०८१ (सहायक - सूचना प्रविधि) पदहरूको लागि खुला प्रतियोगितात्मक परीक्षाद्वारा पूर्ति गर्न २०७८/०४/३२ मा प्रकाशित सूचनामा आधारित आवेदनहरूमा अपुग कागजातहरूको बारेमा जानकारी गराएको हो। यस सम्बन्धमा, बैंकले मिति २०८१/०६/१० गतेभित्र सम्बन्धित आवेदकहरूलाई आफ्नो अनलाइन पोर्टलमा लगइन गरी अपुग कागजातहरू पेश गर्न अनुरोध गरेको छ।

पोर्टलमा उल्लिखित आवश्यक कागजात र विवरण पेश नगरेमा सम्बन्धित दरखास्त फाराम स्वतः अस्वीकृत हुने पनि बैंकले सूचित गरेको छ। पुनः अपुग कागजात भएका फारामहरू सच्चाई पेश गर्न, आवेदकहरूले अनलाइन पोर्टलमा लगइन गरी "मेरो आवेदनहरू" भित्र रहेको विज्ञापन नं. मा क्लिक गरेर खुल्ने फारामको प्रमाणीकरण टिप्पणीमा आधारित कागजात/विवरण सच्चाई पुनः पेश गर्न सकिने व्यवस्था गरिएको छ।

सूचनाको विस्तृत विवरण हेर्न यहाँ क्लीक गर्नुहोस् 

नेपाल राष्ट्र बैंकद्वारा अनलाइन दरखास्तका अपुग कागजात पेश गर्न सूचना जारी

Published by Nepal Rastra Bank on 2081-6-4



View More by Nepal Rastra Bank

  • Everest Bank Limited (EBL)