ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा ६ अर्ब १ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ६ अर्ब ६९ करोड ४३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
असार मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब १० करोड ४५ लाख रहेको छ। विवरण अनुसार बैंकको प्रतिशेयर ३ रुपैयाँ ०६ पैसा नाफा वितरण गर्न सक्ने क्षमता रहेको छ। अर्थात बैंकको लाभांश क्षमता ३.०६ प्रतिशत रहेको छ। बैंकको खराब कर्जा बढेर ४.३७ प्रतिशतमा पुगेको छ ।
Published by Global IME Bank on 2081-4-21