माछापुच्छ्रे बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सूचना मार्फत सार्वजनिक गरेको छ । विवरण अनुसार बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले १ अर्ब २५ करोड १ लाख रुपैयाँ खुद नाफा कमाएको सूचना प्रकाशित गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ६२ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
बैंकको वितरणयोग्य मुनाफा ४६ करोड ६४ लाख लाख रुपैयाँ रहेको छ। यस अनुसार बैंकको प्रतिशेयर ४ रुपैयाँ ०१ पैसा नाफा वितरण गर्न सक्ने क्षमता रहेको छ। अर्थात बैंकको लाभांश क्षमता ४.०१ प्रतिशत रहेको छ। समिक्षा अवधिमा बैंकको खराब कर्जा बढेर ३.६३ प्रतिशत पुगेको छ ।
Published by Machhapuchhre Bank on 2081-4-21
View More by Machhapuchhre Bank