लक्ष्मी सनराइज बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा ३ अर्ब ३ करोड ४५ लाख रुपैयाँ खुद नाफा कमाएको सूचना प्रकाशित गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३२.७९ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब २८ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
असार मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब २८ करोड ७१ लाख रहेको छ। विवरण अनुसार बैंकको प्रतिशेयर ५ रुपैयाँ ५५ पैसा नाफा वितरण गर्न सक्ने क्षमता रहेको छ। अर्थात बैंकको लाभांश क्षमता ५.५५ प्रतिशत रहेको छ।
Published by Laxmi Sunrise Bank Limited on 2081-4-21
View More by Laxmi Sunrise Bank Limited