प्राइम बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा ३ अर्ब ७७ करोड ४३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २६७.१९ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब २ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
असार मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब १९ करोड ९६ लाख रहेको छ । विवरण अनुसार बैंकको प्रतिशेयर ६ रुपैयाँ १८ पैसा नाफा वितरण गर्न सक्ने क्षमता रहेको छ । अर्थात बैंकको लाभांश क्षमता ६.१८ प्रतिशत रहेको छ । समीक्षा अवधिमा बैंकको खराब कर्जा बढेर ४.६७ प्रतिशतमा पुगेको छ ।
Published by Prime Bank on 2081-4-21