नेपाल इन्भेष्टमेण्ट मेघा बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा ५ अर्ब १९ करोड ८३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३९.७१ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३ अर्ब ७२ करोड ८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
असार मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ४३ करोड ९ लाख ऋणात्मक रहेको छ। विवरण अनुसार बैंकको प्रतिशेयर लाभांश वितरण गर्न सक्ने क्षमता ऋणात्मक (–१०.०५) रहेको छ।
Published by NIMB on 2081-4-21