ग्रीन डेभलपमेन्ट बैंकले २०८०/८१ आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको सूचना प्रकाशित गरेको छ । विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ। गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ३ करोड ८६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ करोड ६४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। बैंकको खराब कर्जा सामान्य अंकले घटेको छ । गत आर्थिकवर्षको असार मसान्तसम्म बैंकको खराब कर्जा ३.१८ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षको सोह अवधिमा ३.३० प्रतिशत रहेको थियो ।
Published by Green Dev. Bank on 2081-4-20