स्ट्यान्डर्ड चार्टड बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा ३ अर्ब ३० करोड ८९ रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३ अर्ब ४६ करोड ५३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
असार मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ४९ करोड रुपैयाँ रहेको छ । विवरण अनुसार बैंकको प्रतिशेयर २६ रुपैयाँ ५० पैसा नाफा वितरण गर्न सक्ने क्षमता रहेको छ । अर्थात बैंकको लाभांश क्षमता २६.५० प्रतिशत रहेको छ ।
Published by Standard Chartered Bank on 2081-4-20
View More by Standard Chartered Bank