कृषि विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा वाणिज्य बैंकहरुमध्ये सबैभन्दा धेरै नाफा आर्जन गरेको छ । यसअवधिमा यसको नाफा ९७.२२ प्रतिशतले बढेर २ अर्ब ५ करोड ३१ लाख ६६ हजार रुपैयाँ पुगेको सूचनामा उल्लेख गरिएको छ । अघिल्लो वर्षको यसैअवधिमा बैंकले १ अर्ब ४ करोड १० लाख ३७ हजार रुपैयाँ नाफा कमाएको थियो ।
Published by ADBL on 2081-1-07