• MBL - below notice

Download Print

पिन कोड चोरी सम्बन्धमा राष्ट्र बैंकद्वारा नयाँ सूचना जारी -

ग्लोबल मनी विकको अवसरमा नेपाल राष्ट्र बैंकले डिजिटल वित्तीय सचेतनामूलक सूचना सार्वजनिक गरेको छ । बैंकले वित्तीय कारोबार सम्बन्धी पिन कोड कसैलाई पनि नदिन र पिन कोड हराएमा वा चोरी भएमा वा चोरीको आशङ्का भएमा सम्बन्धीत बैंक तथा वित्तीय संस्थामा तुरुन्त खबर गर्न भन्दै डिजिटल सचेतनामूलक सूचना सार्वजनिक गरेको हो ।

अपरिचित व्यक्तिलाई कुनै पनि माध्यमबाट आफ्नो गोप्य सूचना (पीन‚पासवर्ड‚ओटीपी) वा अन्य कुनै पनि संवेदनशील जानकारी दिनुहुँदैन। मोबाइल तथा अन्य उपकरण एवं प्रोग्रामहरुका पासवर्डहरू बेला बेलामा परिवर्तन गरि गोप्य तरिकाले सुरक्षित राख्दा यस्ता सूचनाहरु वित्तीय अपराधमा संलग्न व्यक्तिहरुको पहुँचमा पुग्ने सम्भावना कम हुन्छ। त्यस्तै पासवर्डहरु राख्दा सजिलै अनुमान लगाउन सकिने खालका कहिल्यै राख्नु हुँदैन। मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, डेविट तथा क्रेडिट कार्डहरुको पासवर्ड तथा पिन नम्बर नियमितरुपमा परिर्वतन गर्नुपर्छ।

पिन कोड चोरी सम्बन्धमा राष्ट्र बैंकद्वारा नयाँ सूचना जारी -

Published by Nepal Rastra Bank on 2080-12-09



View More by Nepal Rastra Bank

  • Laxmi Sunrise Bank Ad
  • NMB Ad - Notice buttom