• MBL - below notice
  • HBL - inner notice page
  • NABIL Bank Ads

Download Print

माछापुच्छ्रे बैंकको खुद नाफा ८० करोड ५३ लाख रुपैयाँ, वितरणयोग्य मुनाफा ऋणात्मकमा - Q2 Report -

माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणको सूचना सार्वजनिक गरेको छ । विवरण सूचना अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकले ८० करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब २ करोड रुपैयाँ खुद नाफा कमाएको थियो। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २१.४५ प्रतिशत कम हो।  एक वर्षको अवधिमा खुद ब्याज आम्दानी ५.५६ प्रतिशतले घटेर २ अर्ब ६३ करोड ७४ लाख ९७ हजार रुपैयाँ, सञ्चालन नाफा १३.१९ प्रतिशतले घटेर १ अर्ब २७ करोड ९२ लाख ३३ हजार रुपैयाँ र खराब कर्जा १.२१ प्रतिशतले बढेर २.६२ प्रतिशत पुगेको छ ।

दोस्रो त्रैमाससम्ममा बैंकको वितरणयोग्य नाफा २४ करोड ६९ लाख ८६ हजार रुपैयाँ ऋणात्मक रहेको सूचनामा उल्लेख गरिएको छ ।

माछापुच्छ्रे बैंकको खुद नाफा ८० करोड ५३ लाख रुपैयाँ, वितरणयोग्य मुनाफा ऋणात्मकमा - Q2 Report -

Published by Machhapuchhre Bank on 2080-10-05



View More by Machhapuchhre Bank

  • Laxmi Sunrise Bank Ad