आरम्भ चौतारी लघुवित्त वित्तीयले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणको सूचना प्रकाशित गरेको छ। लघुवित्तले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११.३० प्रतिशत कम नाफा आर्जन गरेको छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा २५ लाख ४४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको लघुवित्तले गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले २८ लाख ६८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। लघुवित्तको खराब कर्जा समीक्षा अवधिमा ४.९५ प्रतिशतबाट बढेर ५.४९ प्रतिशत पुगेको छ।
Published by Aarambha ChautariLaghubitta on 2080-7-23
View More by Aarambha ChautariLaghubitta