एनआईसी एशिया क्यापिटलले नयाँ म्युचुअल फण्ड निष्काशन गर्ने सूचना प्रकाशित गरेको छ। क्यापिटलले एनआईसी एशिया ग्रोथ फण्ड २ निष्काशनमा ल्याउन लागेको सूचना मार्फत जनाएको छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याउन सूचनामा उल्लेख छ। निष्काशन गरिने कुल इकाईमध्ये कुल बिक्री भएको इकाईसंख्याको १५ प्रतिशत वा १ करोड ५० लाख इकाई कोष प्रवर्धक एनआईसी एशिया बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्न लागेको क्यापिटलले जनाएको छ । उक्त फण्डको इकाईका लागि मंसिर ४ गतेदेखि आवेदन दिन सकिनेछ। छिटोमा मंसिर ७ गते र ढिलोमा मंसिर १८ गतेसम्म आवेदन दिन सकिने उक्त फण्डमा न्यूनतम १०० इकाईका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ।
Published by NIC Asia Capital on 2080-7-19