• KBL

Download Print

प्रभु बैंकको खुद नाफा १ अर्ब ३ करोड ४२ लाख रुपैयाँ, वितरणयोग्य मुनाफा कति ? - Q1 Report -

प्रभु बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणको सूचना प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४६.७० प्रतिशत बढेको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा बैंकको खुद नाफा १ अर्ब ३ करोड ४२ लाख रुपैयाँ रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ७० करोड ५० लाख रुपैयाँ खुद नाफा कमाएको थियो। 

पहिलो त्रैमास अर्थात् असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ३२ करोड ५१ लाख रुपैयाँ रहेको छ । पहिलो त्रैमाससम्ममा बैंकको खराब कर्जा १.६८ प्रतिशतबाट बढेर ३.९७ प्रतिशत पुगेको छ ।

प्रभु बैंकको खुद नाफा १ अर्ब ३ करोड ४२ लाख रुपैयाँ,  वितरणयोग्य मुनाफा कति ? - Q1 Report -

Published by Prabhu Bank on 2080-7-17



View More by Prabhu Bank