कुमारी बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणको सूचना प्रकाशित गरेको छ। यस अवधिमा बैंकले २६ करोड ३९ लाख ३५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यसअवधिमा खुद ब्याज आम्दानी ६३.६०% ले बढेर ३ अर्ब ४ करोड रुपैयाँ माथि पुगेको छ।
इम्पेयरमेन्ट चार्ज बढेकाले खुद नाफा प्रभावित भएकाे छ । इम्पेयरमेन्ट चार्जमा २ अर्ब १८ करोड रुपैयाँ बढी रकम छुट्याएको बैंकले सूचनामा उल्लेख गरेको छ । बैंकले ऋण जस्ता वित्तीय सम्पत्तिहरूको मूल्य वासलातमा रेकर्ड गरिएको मूल्यभन्दा कम हुने अपेक्षा गरेको अवस्थामा यस्तो इम्पेयरमेन्ट चार्जका लागि रकम छुट्याउने गर्दछ । जसले तिनीहरूको पुनःप्राप्ति योग्य रकमको कमीलाई जनाउने गर्दछ।
पहिलो त्रैमाससम्ममा बैंकको खराब कर्जा १.२८ प्रतिशतबाट बढेर ४.८९ प्रतिशत पुगे सँगै बैंकको वितरणयोग्य मुनाफा ऋणात्मक रहेको छ ।
Published by Kumari Bank Ltd (KBL) on 2080-7-17
View More by Kumari Bank Ltd (KBL)